नयाँ दिल्ली, 26 जुलाई 2020
भनिन्छ आफु जन्मेको ठाँउ, आफ्नो मातृभूमि प्राण भन्दा प्यारो हुन्छ । त्यसैले त हामी जुनसुकै ठाँउमा भएपनि मातृभूमिमा परेको दुःखले हामीलाई पिरोल्छनै । यस्तै बझाङको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मा गएको पहिरोले दिल्लीका बझाङवासीको मन पनि बहेको छ । त्यसैले त उनिहरुले पहिरोपीडितहरुलाई केही राहत दिने प्रयास स्वरुप आर्थिक संकलन गरेर पठाएका छन ।
नेपाली काँग्रेस बझाङ भारत जनसम्पर्क समितिका पदाधिकारी एवं कोर-कमिटिका सदस्यहरुले आर्थिक संकलन गरि पठाएको हो । नेपाली काँग्रेस बझाङ भारत जनसम्पर्क समितिले दिएको जानकारीका अनुसार केदारस्यु गाँउपालिमा आएको पहिरोका कारण पिडीत भएकाहरुलाई सहयोग गर्न कोरोना महामारीमा आफ्नै समस्यालाई बेवास्ता गर्दै अगाडी आएको बताएको छ ।
समितिले आर्थिक सहयोग गर्ने सदस्यहरुको विवरण सार्वजनिक गर्दै सबै सहयोगीहरुप्रति आभार प्रकट गरेको छ ।
नेपाली काँग्रेस बझाङ भारत जनसम्पर्क समितिका अध्यक्ष तथा नेजस उत्तर भारतका महासचिव दयाराम रोकाया, महिला नेतृ उपाध्यक्ष कमला सिंह र सल्लाहकार सदस्य रामबहादुर सिंह, उपाध्यक्ष मनराज उपाध्याय, महासचिव केशवराज उपाध्याय, त्यसैगरि आमन्त्रित सदस्य सुनिलकुमार सिंह, समितिका वरिष्ठ सदस्य देबबहादुर सिंह, सुचना सचिव मनराज उपाध्याय र संगठन सचिव चन्द्र जोशीले पहिरोपीडितहरुका लागि 12 हजार 5 सय रुपैँया संकलन गरि पठाएका हुन ।
गत 3 जुलाई शुक्रबार गएको पहिरोमा परि 17 घरहरु पुरिएका थिए । सो घटनामा परि 7 जनाको मृत्यु भएको थियो । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैसी गोरु लगायत १८ परिबारको धन सम्पतीको क्षति भएको थियो ।









































