HomeFeatureबाजुराको बुडिगंगा नगरपालिकामा विपन्नलाई खाद्यान्न सहयोग गर्दै एक युवा

बाजुराको बुडिगंगा नगरपालिकामा विपन्नलाई खाद्यान्न सहयोग गर्दै एक युवा

बाजुरा, 27 जुलाई 2020

कोरोना भाईरस महामारीले पुरै विश्वलाई आक्रान्त गरेको छ । हरेक वर्गका मानिसहरु यस भाईरसले प्रभावित भएका छन । झन गरिब, विपन्न वर्गका मानिसहरुलाई अहिले 2 छाक टार्न पनि अप्ठ्यारो भइरहेको छ । उनिहरुको यस्तै समस्यामा राहत दिन केही मनकारी मानिसहरु सकेको सहयोग गर्न अग्रपंक्तिमा हिडेका छन । बाजुराको बुडिगंगा नगरपालिका -१० नाथ टोलका युवा समाजसेवी अभिषेक लोक नाथ यस महामारीले गर्दा जिविकोपार्जन गर्न असक्षम भएकाहरुलाई खाद्यान्न सहयोग गर्न जुटेका छन । उनले आफ्नो क्षेत्रमा समस्यामा परेका मानिसहरुलाई खाद्यान्न सहयोग गरिरहेका छन ।

बाजुराको बुडिगंगा नगरपालिका -१०, लुहारबाडामा अभिषेक लोक नाथले अल्पआयुमै श्रीमान गुमाएर ६ सन्तानको पालनपोषण गरिरहेकी दिपा लुहारलाई खाद्यान्न सहयोग गरेका छन । उनको आफ्नो घर पनि नहुँदा अर्कासँग आश्रय लिइरहेको अभिषेकले बताएका छन ।

त्यसैगरि नाथले बाजुरा बुडिगंगा नगरपालिका वडा न. १० लुहारबाडामा बुबा गुमाएकी गंगा नेपालीलाई खाद्यान्न प्रदान गरेका छन ।

अभियान कै क्रममा उनले बाजुरा बुडिगंगा नगरपालिका वडा न. १० देउमाण्डु गाउँमा आर्थिक अवस्था कमजोर भएका कर्ण गिरिलाई पनि खाद्यान्न सहयोग गरेका छन ।

कोरोना महामारी शुरु भएपछि कयौं विपन्नले भोकका कारण पनि ज्यान गुमाउनु परेकाले आफुहरुले त्यस्ता असहाय गरिबहरुको सहयोगका लागि सहयोगको अभियान चलाएको नाथले बताएका छन ।

सबै मानिसको सानो सयहोगले पनि गरिबहरुका लागि ठूलो सहयोग हुने भएकाले आफुसकेको सहयोग गर्न उनले मानिसहरुलाई आग्रह गरेका छन । आफुसँग जोडिएर यस अभियानमा सहयोग गर्न ईच्छुक भएकाहरुलाई पनि सम्पर्कमा आउन आग्रह गरेका छन ।a

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...