HomeFeatureओलीले बैठक स्थगित गरेपछि दाहाल-नेपाल पक्षका नेकपा नेताहरुको बिमति

ओलीले बैठक स्थगित गरेपछि दाहाल-नेपाल पक्षका नेकपा नेताहरुको बिमति

काठमाण्डौ, 28 जुलाई

प्रधानमन्त्री केपी शर्मा ओली इतरका स्थायी कमिटी सदस्यहरुले पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले विधान विपरित ओलीले एकलौटी ढंगले बैठक स्थगित भएको सूचना प्रवाह गर्नु अनुचित भएको निष्कर्ष निकालेका हुन । यसअघि नै स्थायी कमिटीले आज बैठक बस्ने निर्णय गरेपनि विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । अध्यक्ष ओलीले वैठक स्थगित भएको सूचना प्रवाह गरेपछि दाहाल—नेपाल समूहका स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडी बढाउन र वर्तमान संकटलाई निकास दिन आ—आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । बैठकमा निर्णय गर्नुअगाडी अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई बैठकमा सहभागि हुन आग्रह गरेपनि ओलीले अस्वीकार गर्नुभएको उहाँले बताउनुभयो । आफुले यसअघि नै बैठक स्थगित गरेकाले उपस्थित हुन नसक्ने जवाफ ओलीले दाहाल र खनाललाई दिनुभएको थियो । प्रवक्ता श्रेष्ठले आगामी बैठकको मिति तय नभएको बताउनुभयो । पार्टीमा देखा परेको संकटलाई धैर्यताका साथ विवेकले समाधान गर्न अध्यक्षद्वयबीच छलफल जारी राखेर हर हालतमा एकताको रक्षा गर्नेगरी अगाडी बढ्ने उहाँले बताउनुभयो । पार्टी एकताको रक्षा गर्दै केन्द्रिय कमिटिले निर्णय गरेअनुसार महाधिवेशनको तयारी थालिने पनि उहाँले बताउनुभयो । बैठकमा २९ जना स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...