HomeFeatureभारतमा लकडाउन थप खुकुलो गरियो, अनलक 3 मा कयौं गतिविधिमा प्रतिवन्ध हट्यो

भारतमा लकडाउन थप खुकुलो गरियो, अनलक 3 मा कयौं गतिविधिमा प्रतिवन्ध हट्यो

नयाँ दिल्ली, 29 जुलाई 2020

भारतले अनलक 3 अन्तर्गत लकडाउनलाई थप खुकुलो पारेको छ । भारत सरकारले बुधबार अनलक 3 को दिशानिर्देश जारी गर्दै कयौं गतिविधिमा प्रतिवन्ध हटाएको छ । 1 अगस्तबाट लागु हुने अनलक 3 मा भारतका कुनै पनि राज्यभित्र र एक राज्यबाट अर्को राज्यमा मानिसको आवत-जावत र वस्तुको ढुवानीमा कुनै प्रकारको प्रतिबन्ध हुनेछैन । यसका लागि छुट्टै कुनै अनुमति वा ई-परमिट लिनुपर्ने आवश्यक्ता हुनेछैन ।

 अनलक 3 मा सम्पूर्ण पसलहरु खुला रहनेछन । तर पसलेहरुले ग्राहकहरुको बीचमा सामाजिक दूरीको ध्यान राख्नुपर्नेछ । मानिसहरुले आरोग्य सेतु ऐपको प्रयोग गरेको हुनुपर्नेछ । दिशानिर्देश अनुसार संक्रमण धेरै भएको स्थान (कन्टेनमेन्ट जोन) बाहेकका क्षेत्रहरुमा रात्रीकालीन कर्फ्यू पनि हटाएको छ । योग संस्थान र जिमखानाहरु 5 अगस्तबाट खोल्ने अनुमति दिएको छ । ती स्थानहरुमा मास्क र सामाजिक दूरीको पालन गर्दै मानिसहरु जान सक्नेछन । त्यसैगरि भारतको स्वतंत्रता दिवसको कार्यक्रममा पनि मानिसहरु सामाजिक दूरीको पालन गर्दै सहभागी हुन सक्नेछन । त्यसैगरि अनलक 3 मा वन्दे भारत मिशन अन्तर्गत सीमित रुपमा अन्तर्राष्ट्रीय हवाई यात्रालाई अनुमति दिइएको छ ।

मेट्रो रेल, सिनेमा हल, स्विमिङ पूल, मनोरञ्जन पार्क, थिएटर, बार, अडिटोरियम, असेम्बली हलहरु अहिले खुल्नेछैनन तर समय परिस्थितिलाई हेरेर खोल्न सकिने भनिएको छ । स्कूल, कलेज र कोचिङ संस्थान 31 अगस्तसम्म बन्द रहनेछन । कन्टेनमेण्ट जोनमा 31 अगस्तसम्म लकडाउन कडाईका साथ लागू हुनेछ । निर्माण गतिविधिहरु सामाजिक दूरी र मास्कको प्रयोग गरेर जारी रहनेछ । विरामी, वृद्ध-वृद्धा, बालबालिका र गर्भवती महिलाहरुले सकेसम्म घरमै रहनुपर्नेछ ।

अनलक 3 मा कोभिड- 19 मा केन्द्र सरकारद्वारा जारी गरिएको सम्पूर्ण प्रोटोकल पूर्णरुपमा लागू रहनेछन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...