HomeFeatureदिल्लीमा नेपालीहरुले यसरी मनाए रक्षा बन्धन र जनै पूर्णिमा

दिल्लीमा नेपालीहरुले यसरी मनाए रक्षा बन्धन र जनै पूर्णिमा

नयाँ दिल्ली, 3 अगस्त, 2020

भारतमा रहेका नेपालीहरुले पनि  सोमबार रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व मनाएका छन् । भारतको राजधानी दिल्ली लगायत अन्य राज्यमा बस्दै आएका नेपाली दिदीबहिनीहरुले आफ्ना दाजुभाईको हातमा राखी बाँधेर रक्षा बन्धन मनाएका हुन । यो पर्वमा दिदीबहिनीहरुले हातमा राखी बाँधिदिएपछि दाजुभाईको खुशी, समृद्धि र सफलताको कामना गर्दछन भने त्यसको सट्टा दाजुभाईहरुले दिदीबहिनीको रक्षा गर्ने वचन दिँदै उपहार दिने गर्दछन । दिल्लीमा रहँदै आएका नेपाली समूदायले यस अवसरमा घरमै बसेर विभिन्न परिकारको आनन्द लिएर पर्व मनाएका छन । दिदीबहिनी र दाजुभाईको प्रेमको प्रतिकको रुपमा पनि रहेको आजको दिनमा मानिसहरुले रक्षा बन्धनपछि दिदीबहिनीसँग खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा समेत साझा गरेका छन।

 

दिल्लीका विभिन्न नेपाली मन्दिरहरुमा आज जनैपूर्णिमा मनाइएको छ । दिल्लीको कडकडडुमा स्थित पशुपतिनात मन्दीरमा पनि विहान जनैपूर्णिमा मनाईएको मन्दीरका पुजारी यदु शर्माले बताउनुभएको छ ।

उहाँले भगवानको रुद्राअभिषेक, गायत्री मन्त्र जाप गरि जनैलाई शुद्ध गरे भगवानलाई दिएपछि दर्शनार्थीहरुलाई जनै बाँधिएको बताउनुभएको छ । आज श्रावण सोमबार पनि भएकाले दर्शनार्थीहरुको उपस्थिति बढि भएपनि सामाजिक दूरीको ख्याल गरि अनुष्ठान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...