HomeFeatureयुनिस गौतम र त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित

युनिस गौतम र त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित

काठमाडौं, 6 अगस्त 2020

काठमाडौंका युनिस गौतम र विभागीय टोली त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाल आईटिएफ तेक्वान्दोको २३ औं बार्षिक उत्सवका अवसरमा महासंघले बर्ष २०१९ का उत्कृष्ट पुरुष खेलाडीको रुपमा युनिस र उत्कृष्ट महिला खेलाडीको रुपमा रिनालाई घोषणा गरेको हो । युनिस काभ्रे जुनियर राष्ट्रिय आईटिएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन भने रिनाले १९औं राष्ट्रिय आईटिएफ च्याम्पियनसिमा तीन स्वर्ण पदक जित्न सफल भएकी थिइन् । रिनाले स्पाइरिङ, प्याटर्न र ग्रुप स्पाइरिङमा स्वर्ण पदक हात पारेकी थिइन् । यस्तै उत्कृष्ट प्रशिक्षक काभ्रेका राजमन्दीर श्रेष्ठ घोषित भए । संघले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पाँच हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरेको छ।

उत्कृष्ट सबैलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, आईटिएफका सल्लाहकार लील बहादुर थापा मगर लगाएतले पुरस्कार वितरण गरे । कार्यक्रममा राखेपका उपाध्यक्ष कोइरालाले नयाँ ऐन जारी भएपछि पहिले र अहिलेको खेलकुद परिषद फरक भएको बताउनुभयो । उहाँले पुरानो छबीलाई मेटाउँदै नयाँ योजनाका साथ अगाडि बढ्ने समय आएको समेत बताउनुभयो । वार्षिक उत्सवकै अवसरमा नेपाल आइटिएफ महासंघले आउट स्टान्डिङ इन्सटक्टरको रुपमा रुपसिंह मोक्तानलाई चयन गरेको छ । यस्तै उदीयमान इन्सटक्टरको उपाधि रोल्पाका विक्रम बाठा मगरलाई प्रदान गरिँदा उत्कृष्ट जिल्लाको उपाधि मोरङले हात पारेको छ । उत्कृष्ट प्रदेश २ नं रह्यो । उत्कृष्टलाई सम्मान पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...