गेजिङ, 6 अगस्त, (केएन शर्मा )
पश्चिम सिक्किममा बुधबार राति भएको हात्ती सुँडे वर्षाका कारण रंगीत नदीको जलस्तर ह्वात्तै बढ्नाले नदी नजिक बसोबास गरेका बासिन्दाहरु प्रभावित भएका छन । यहाँको प्रसिद्ध किराँतेस्वर शिव मन्दिर निकैनै खतरामा रहेको छ । हात्ती सुँडे पानीले नदिको जलस्तर बढेर तान्डव मच्चाएपछि कयौं सानिसहरु घर छोडेर बाहिर निस्केका थिए। मुख्य रुपमा लेगशेप बजार , शिव धाम, रेसी बजार, रोथक, पिपले, बैगुणे, सिप्सु, सिकिप सँगसँगै रंगीत छेउछाउमा बसोबास गर्ने मानिसलाई रंगीत नदीले निकै त्रासित बनाएको थियो। कति ठाउँका मानिसहरुलाई रातिनै पुलिसले सुरक्षित स्थानमा लगेर राखेको रिपोर्ट प्राप्त भएको छ।

नयाँ बजार पुलिसले पनि बाढीले खतरा उत्पन्न गर्न सक्ने अनुमान लगाउँदै रातिनै मानिसहरूलाई सुरक्षित स्थानमा सारेको थियो। बेलुका लगभग 5 बजेदेखि लगातार नौं घण्टा सम्म परेको पानीले राज्यको दोस्रो प्रमुख नदी को जलस्तर बढेको हो । गत वर्षको तुलनामा यसवर्ष निकै पानी परेको र जलको बहाव पनि निकै नै बढेको अनुमान लगाइएको छ । यस बाहेक पश्चिम जिल्लाको प्राय जसो सडक मार्गहरु बन्द रहेका छन् ।

पश्चिमका अधिकांश स्थानमा बिजुली-बत्ती अनि मोबाइल टावर सम्म बन्द भएको थियो भने गए राति पश्चिमका आम नागरिकको निम्ति एक चुनौती बन्यो । समाचार लेखुन्जेलसम्म यस प्राकृतिक भवितव्यले कुनै ज्यानमालको क्षति भएको छैन भने केहि स्थानमा धनमालको भने क्षति भएको समाचार प्राप्त भएको छ । मुख्य गरि सडकमार्ग धेरै स्थानमा भत्किएको समाचार छ । एक गाउँदेखि अर्को गाउँसँग जोडिएका लिङ सडक र खहरे खोल्साहरु भत्किदा धेरै जसो मानिसहरूको अलैंची बारी र बारीको तुलफुल नस्ट भएको छ।









































