HomeFeatureनेपालमा कोभिड-१९ बाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

नेपालमा कोभिड-१९ बाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

काठमाडौं, 8 अगस्त 2020

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसगरी  मोरङको वीराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।शनिबार देशभरी ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन। उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। आज देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन। प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ जना संक्रमित उपचाररत रहेका छन।शनिबार देशका विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन। प्रदेश नम्बर १ बाट ९ सय ४२, प्रदेश नम्बर २ बाट ३ हजार ३ सय २६, बागमती प्रदेशबाट ६ सय र गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७९, कर्णाली प्रदेशमा १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ३८ गरी आजसम्म १६ हजार ३ सय १३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन।शनिबार पीसीआर विधिबाट ७ हजार ७ सय ८८ गरी आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ। देशभरीका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार २ सय ४९, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा ९ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ८ सय ३४ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४, कर्णाली प्रदेशमा ४ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय २७ जना क्वरेन्टिनमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...