HomeFeatureग्रीन तारा समाजद्वारा विश्व आदिवासी दिवसका दिन एक सय घर परिवारलाई राहत...

ग्रीन तारा समाजद्वारा विश्व आदिवासी दिवसका दिन एक सय घर परिवारलाई राहत वितरण

नयाँ दिल्ली, 10 अगस्त , खुम गुरुङ

दिल्लीमा नेपालीहरुको सामाजिक संगठन ग्रीन तारा समाजले 26 औं विश्व आदिवासी दिवसका दिन राहत सामग्री वितरण गरेको छ । समाजले नयाँ दिल्लीको बिबेकानन्द क्याम्प-२, चन्द्रगुप्ता मार्ग, चाणक्यपुरीमा 100 घर परिवारलाई आवश्यक खाद्य सामग्री वितरण गरेको हो । कोरोना महामारीका कारण मजदूर वर्ग मानिसहरुलाई खाद्य सामग्रीको अभाव भएको अवस्थालाई ध्यानमा राख्दै राहत सामग्री वितरण गरिएको हो । समाजसेवी प्रधान के.के.गोपीको रोहवरमा ग्रीन तारा समाजकी अध्यक्ष मैना तमाङ, उपाध्यक्ष ईरिता श्रेष्ठ, द्वारिका तमाङ, दिपसिखा राई, कार्यकारी सदस्य कृष्ण गुरूङ साथै सक्रीय सदस्यहरु तेजु ग्लेन लामा, गंगा थापा, मिलन, सबिता लगायतको टोलीले चाणक्यपुरीमा 1 सय घरपरिवारलाई दैनिक उपभोग्य वस्तुहरु वितरण गरेको हाम्रा संवाददाता खुम गुरुङले बताउनु भएको छ ।

क्षेत्रका नेपाली र भारतीय दुवै समूदायलाई राहत वितरण गरिएको थियो । सो क्षेत्रमा रहेका विपन्न परिवारले कोरोना महामारीका कारण खाद्यान्नको समस्या भएको बताएपछि आफुहरुले विश्व आदिवासी दिवसका दिन सो सहयोग गरेको समाजले बताएको छ । ग्रीन तारा समाजले यसअघि लकडाउनका क्रममा पनि भोकभोकै रहन बाध्य भएकाहरुलाई राहत सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...