HomeFeatureकर्नाटकमा कक्षा 10 को परीक्षामा नेपाली छोरीको सफलता, राज्यमै पाँचौ भएपछि नेपालीहरु...

कर्नाटकमा कक्षा 10 को परीक्षामा नेपाली छोरीको सफलता, राज्यमै पाँचौ भएपछि नेपालीहरु गौरवान्दित

बेंग्लोर, 13 अगस्त 2020

भारतमा एक नेपाली छोरीले कक्षा 10 को परीक्षामा उत्कृष्ट अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी छिन । कर्नाटक राज्यमा गत सोमबार आएको कक्षा 10 नतिजामा नेपाली छोरी सपना सिंहले 99.36 प्रतिशन अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी हुन । उनले कूल पूर्णाङ्क 625 मध्ये 621 अंक ल्याएकी हुन ।

बेंग्लोरको पीन्यास्थित श्री विद्या केन्द्रमा अध्ययनरत सपना सिंहले पुरै राज्यमा पाँचौ स्थान हासिल गरेपछि बेंग्लोरमा रहने नेपालीहरु हर्षित भएको बेंग्लोरका विद्यार्थी नेता मिनेष रावलले बताएका छन ।

पीन्याको औद्योगिक क्षेत्रमा एक कम्पनीमा काम गर्ने सपनाका बुवा अक्कल बहादुर सिंह छोरीको सफलताले उत्साहित छन । छोरीले गरेको प्रगतिले सारा दुःख बिर्सेको बुवा अक्कल बहादुर सिंहले बताउनुभयो । दार्चुला जिल्लाको मार्मा पाडपाडेका स्थायी वासिन्दा अक्कल बहादुर सिंह 20 वर्षअघि रोजगारीका लागि बेंग्लोर आएका थिए। उनले रोजगारीका लागि भारत आएका बेला छोरीले पाएको सफलता सम्पूर्ण नेपालीहरुका लागि प्रेरणा हुने बताएका छन ।

सपनाका बुवा आमा

उनले छोरी पढाई र अतिरिक्त क्रियाक्लापमा अब्बल भएको बताउँदै अहिले प्राप्त अंकबाट पनि खुशी नभएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएको बताएका छन । अंग्रेजी विषयमा शत प्रतिशत हल गरे पनि 2 नम्बर कम आएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएकोले प्रतिशत अझै बढ्न सक्ने बुवा अक्कलबहादुर सिंहले बताएका छन । उनले छोरी डाक्टर भएपछि नेपाल पर्किने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...