HomeFeatureकोरोना भन्दा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी

कोरोना भन्दा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी

काठमाडौं,13 अगस्त 2020

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण दर नेपालमा बढ्दो छ। बिहीबारसम्म ९५ जनाले ज्यान गुमाएका छन। सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाबाट मात्रै ४ जनाको मृत्यु भएको छ। तर त्यहाँ कोरोनाभन्दा यो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी छ। सरकारले गत चैत ११ यता देशव्यापी लक डाउन गरेपनि सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा २ दर्जनभन्दा बढीले सवारी दुर्घटनामा ज्यान गुमाएका छन। अहिलेसम्म त्यहाँ कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ। भने सवारी दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन। कोरोना संक्रमणको दर कम त भएको छैन तर कोरोना भन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चैत यता २७ पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले बताउनुभयो। सवारी दुर्घटनाको दर कोरोना भन्दा खतरनाक रहेको उहाँले बताउनुभयो। विगतमा सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने गरेकोमा लक डाउनको अवधिमा नीजि सवारी दुर्घटनामा बढी व्यक्तिको मृत्यु भएको उहाँको भनाई छ ।

लक डाउनको अवधिमा खुला सडक भएका कारण तिव्रगतिमा सवारी हाँक्नु र चेकजाँच केही खुकुलो भएका कारण पनि दुर्घटना भएको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनामा ७० जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष ०७६/०७७ मा ६९ जनाको मृत्यु भएको थियो। चालु बर्षको श्रावण महिनामा मात्र ५ जनाले ज्यान गुमाएका छन। कोरोना महामारीका कारण राजश्व संकलनमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भन्दा गत आर्थिक वर्षमा कारवाहीमा पर्ने सवारीको संख्या कम रहेको छ। फलस्वरुप राजस्व संकलनमा पनि कमि आएको छ। आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा एक करोड ४५ लाख २६ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको उहाँले बताउनुभयो। पछिल्लो समय लक डाउन खुकुलो भएसँगै देशका अन्य ठाउँमा पनि सवारी दुर्घटनाका घटनाहरु बढीरहेका छन। सरकारले जिल्ला भित्र मात्रै सवारी सञ्चालनको निर्णय गरेपनि धेरै ठाउँमा पास लिएर एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको संख्यापनि बढिरहेको छ। संक्रमंण देखिएको ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत हुँदा कोरोना संक्रमणको दर पनि बढेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...