HomeFeatureनेकपाभित्रको विवाद सहमतिमा टुंगिने दिशामा, दुवै अध्यक्षद्वारा 6 सदस्यीय कार्यदल गठन

नेकपाभित्रको विवाद सहमतिमा टुंगिने दिशामा, दुवै अध्यक्षद्वारा 6 सदस्यीय कार्यदल गठन

काठमाण्डौ, 14 अगस्त 2020

सत्तरुढ दल नेकपाभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको वार्तामा जारी विवाद सहमतिमा टुंग्याउने निर्णय गरेको हो । दुवै अध्यक्ष एक कार्यदल गठन गरेर त्यसबाट सुझाव लिने र त्यही सुझावका आधारमा विवाद अन्त्य गर्न सहमत भएका छन् । बैठकले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरूमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । उक्त कार्यदललाई यथाशीघ्र सुझाव पेश गर्न म्याण्डेट दिइएको छ । आजको विकसित घटनाले नेकपाको विवाद समाधानतर्फ फर्केको स्पष्ट संकेत गरेको र दुई अध्यक्ष सहमतिका साथ अघि बढ्न राजी हुनु र कार्यदल समेत गठन हुनुले अब नेकपाको विवाद हल हुने दिशातिर अघि बढेको  जनाईएको छ ।  ।

स्रोतका अनुसार आजको बैठकमा दुवै अध्यक्ष पार्टी एकतालाई थप मजबुत बनाएर अघि लैजान सहमत भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेकपा विवाद ५ दिनभित्र समाधान हुने संकेत गरेका थिए ।

​असार १० गते शुरू भएको स्थायी कमिटी बैठक विवादका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...