HomeFeatureरातो मच्छिन्द्रनाथको रथारोहण गराइएको ठाउँमा पूजा आजा गर्नेको भिड

रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको ठाउँमा पूजा आजा गर्नेको भिड

काठमाडौं,17 अगस्त 2020

कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन। साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो। रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो। काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ। तर यस वर्ष कोभिड—१९ का कारण ढिला गरी राथारोहण गराइएपनि रथजात्रा निकालन सकिएको छैन। लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमिको दिन परेको थियो। सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो। तरपनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन। यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भिडभाड देखिएको छ। कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जना भन्दा बढीलाई सहभागि हुन नदिई राथजात्रा गराउने भनिएको थियो । तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथजात्रा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...