फीलीपीन्स,18 अगस्त 2020
फिलीपीन्समा मंगलवार शक्तिशाली भूकम्प जाँदा कयौं घर भत्किनुका साथै बन्दरगाहहरु पनि क्षतिग्रस्त भएका छन। भूकम्पको तीव्रता 6.6 रेक्टर स्केल रहेको थियो। भूकम्पको त्रासले मानिसहरु हजारौंको संख्यामा घरबाट निस्किएर बाहिर खुल्ला ठाँउमा गएर बसेका छन। भूकम्पको केन्द्रबिन्दु नजिक रहेको काताइनगन शहरको सडक र पुल पनि क्षतिग्रस्त भएको छ। भूकम्पपछि बिधुत सेवा ठप्प भएको छ। काताइनगन प्रशासनका अनुसार भूकम्पका कारण एउटा तीन तले घर पनि भत्किएको छ। जसमा एकजना रिटायर पुलिस अधिकारी आफ्नो परिवारसँगै फसेका छन। उनीहरुलाई बाहिर निकालनका लागि उद्धार कार्य जारी नै छ। प्रशासनले मानिसहरुलाई क्षतिग्रस्त घरहरुमा पुन: नजान आग्रह गरेको छ। काताइनगन प्रशासनका अनुसार सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। भूकम्पका झटकाहरु कयौं प्रान्तहरुमा महसूस गरिएको छ। विशेष गरि मध्य विसायस क्षेत्रमा भूकम्पका झटका महसूस गरिएका छन। फिलीपिन्समा प्रत्येक वर्ष भूकम्पका झटका महसूस गरिन्छन। यहाँ प्रत्येक वर्ष करीब 20 तूफान र आंधी आउछन। 1990 मा फिलीपीन्समा 7.7 तीव्रताको भूकम्प आएको थियो, जसमा करीब 2 हजार मानिसहरुको मृत्यु भएको थियो।









































