HomeFeatureकोरोना भाइरसका कारण होस्टल व्यवसाय संकटमा

कोरोना भाइरसका कारण होस्टल व्यवसाय संकटमा

काठमाडौं,18 अगस्त 2020

विश्वव्यापी महारमारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण होस्टल व्यवसाय संकटमा परेको छ। हरेक वर्ष ५० हजार बढि विद्यार्थीहरुलाई सेवा दिँदै आएको नीजि क्षेत्रका होस्टल व्यवसायीहरु कोरोनाको चपेटामा परेका हुन। कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउन पछि व्यवसाय ठप्प छन। होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीहरुको भनाई छ। अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताउनुभयो । ‘घरभाडा नै सबैभन्दा ठूलो समस्या हो । गास र बासको पनि समस्या छ। सञ्चालक कर्मचारी सबै समस्यामा परेका छन,’ उहाँले भन्नुभयो । देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा रहेका छन। जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रीत परिवार छन। सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उहाँले बताउनुभयो। होस्टल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उहाँले बताउनुभयो। होस्टल सञ्चालन पछि विद्यार्थीहरुले समेत समयमा शूल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ।

कोरोनाले होस्टल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो। सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उहाँको भनाई छ। घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उहाँले बताउनुभयो। निजी क्षेत्रका होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ। घर बहाल सम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्टल व्यवसाय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उहाँले बताउनुभयो। दीर्घकालिन रुपमा नीजि क्षेत्रबाट सञ्चालिन होस्टलहरुलाई विद्यालय र कलेजकै होस्टलअनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने उहाँले बताउनुभयो। सरकारले मौद्रीक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टल व्यवसायीहरुका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ। लक डाउनपछि ठप्प रहेका व्यवसायहरु लक डाउन खुकुलो भएपनि शैक्षिक गतिविधि सुरु नुहँदा अझै सञ्चालनमा आउन सकेका छैनन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...