HomeFeatureरहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे, 101 वर्षको उमेरमा काठमाण्डौमा निधन

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे, 101 वर्षको उमेरमा काठमाण्डौमा निधन

काठमाण्डौ, 18 अगस्त 2020

राष्ट्र्कवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा राष्ट्रकवि घिमिरेको काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उहाँ 101 वर्षको हुनुहुन्थ्यो ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गीतिनाटक, कथामा घिमिरेको उलेख्य योगदान रहेको छ ।

घिमिरेले नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) जस्ता कृतिको रचना गर्रेनुभएको थियो । राष्ट्रकवि घिमिरेलाई विस २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उनलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । त्यस्तै २०५४ सालमा हिमालपारि हिमालवारिका लागि साझा पुरस्कारबाट सम्मानित गरिएको थियो भने २०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कारबाट सम्मान गरिएको थियो । घिमिरेको जन्म लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...