HomeFeatureनेपालमा कोभिड-१९ बाट थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय...

नेपालमा कोभिड-१९ बाट थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय ५७ पुग्यो

काठमाडौं, 24 अगस्त 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो। उहाँका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षिय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो। यस्तै सुनसरीमा ६८ वर्षिय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षिया महिलाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन। १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ। सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ। आज सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ। प्रदेश नम्बर १ मा १ हजार २ सय २९, प्रदेश नम्बर २ मा १ हजार ७ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ७३ र गण्डकी प्रदेशमा ३ सय ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८४, कर्णाली प्रदेशमा ३ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५७ गरी देशभरीका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जना रहेका छन। यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६३, प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा ४ सय ३५ र गण्डकी प्रदेशमा १८ जना रहेका छन। यसैगरी प्रदेश नम्बर ५ मा २ सय ९८, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा २६ गरी देशभरी ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन। आज १ सय ७५ जना डिस्चार्ज भएका छन। आजसम्म १८ हजार ८ सय  जना डिस्चार्ज भएका छन। क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...