HomeFeatureराजविराजमा सहयोद्धा नामक सामाजिक संस्थाद्वारा एक घर एक पिसिआर अभियान सुरु

राजविराजमा सहयोद्धा नामक सामाजिक संस्थाद्वारा एक घर एक पिसिआर अभियान सुरु

30 अगस्त, राजविराज –

सहयोद्धा नामक सामाजिक संस्थाले राजविराजमा एक घर एक पिसिआर अभियान सुरु गरेको छ । सप्तरीको राजविराज नगरपालिकालाई केन्द्रित गरेर उक्त संस्थाले एक घर एक पिसिआर परिक्षण अभियान सुरु गरेको हो ।

संस्थाले अभियान अन्तर्गत आइतबार पहिलो चरणमा राजविराज नगरपालिका वडा नम्बर ८ मा पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको छ । मिसन कलेजमा दिउँसो साढे ३ बजे देखि सुरु भएको कार्यक्रम ६८ घरबाट ६८ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको हो । स्वाब संकलनका लागि राजविराज नगरपालिका वडा नं. ८ कार्यालय र सप्तरी युथ नेपालको समन्वयमा गरिएको थियो । कार्यक्रममा स्थानियहरुले समाजिक दूरी कायम राखी जिम्मेवार नागरिकको भूमिका निभाएकोले स्वाब संकलनका लागि सहज भएको संस्थाका अध्यक्ष रवीन्द्र यादवले बताए ।

“एक एक को अमूल्य छ जिवन, कोरोना को रोकथाम हो परिक्षण ” नाराका साथ पहिलो चरणको कार्यक्रममा संस्थाका सदस्यहरुले सुरक्षाका उपायहरू अपनाएर सम्पन्न भएको हो । संस्थाका सह सचिव सत्यम यादव अनुसार अभियानका लागि राजविराज नगरपालिकाको जनस्वास्थ्य महाशाखाले समेत सहकार्य गरेको छ । महाशाखाको समेत समन्वयमा संस्थाको टिमले घरघर पुगेर स्वाब संकलन गर्ने आउन अनुरोध गर्ने गरेको छ। स्वाब संकलनका लागि नगरपालिकाले स्वास्थ महाशाखाका ३ जना कर्मचारी र वडा प्रहरी कार्यलयले २ जना प्रहरी समेत उपलब्ध गराएको थियो ।

अभियानले कम्तीमा एक घरबाट एकजनाको स्वाब संकलन गरि परिक्षणका लागि गजेन्द्र नारायण अस्पतालमा पठाउनेछ ।
कोरोना भाइरसको बढ्दो अवस्था र सरकारको जति गर्नुपर्ने हो, त्यति नगरेका कारण संस्थाले अभियान सुरु गरेको संस्थाका प्रमुख सल्लाहकार रोशन यादवले बताए । अभियानबाट सरकारलाई खबरदारीका साथै गुणस्तरीय क्वारेन्टाइन तथा आइसुलेसनको व्यवस्था गर्न दबाब समेत दिने उनले बताएका छन् । कार्यक्रम सहयोद्धाको फेसबुक पेज बाट प्रत्यक्ष प्रशारण गरेको थियो। अभियानको दोश्रो चरणको स्वाब संकलन कार्य वडा २ मा आउने शनिवार गरिनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...