HomeFeatureउपत्यकामा निषेधाज्ञाले जनजीवन प्रभावित भए पनि तर आदेश पालना गरिंदै

उपत्यकामा निषेधाज्ञाले जनजीवन प्रभावित भए पनि तर आदेश पालना गरिंदै

काठमाडौं, 31 अगस्त 2020

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको आज १२ दिन पुगेको छ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन। निषेधाज्ञाको १२ दिन पुग्दापनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ। जनजीवन प्रभावित भएपनि मानिसहरु सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै घरभित्रै बसेका छन। सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको हो । उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून देखिएको छ । सडकमा अत्यावश्यक सेवाका सवारी साधनहरु मात्रै चलेको देखिन्छ । स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सञ्चार, सुरक्षाकर्मी, विद्युत, खानेपानी, बैंक लगायतका क्षेत्रका सवारीसाधन निर्वाधरुपमा सञ्चालनमा आएका छन। प्रहरीले मुल सडकका मुख्य-मुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ। अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ। उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ। उपत्यकाका भित्रि सडक पनि सुनसान देखिन्छन। विहानको समयमा अत्यावश्यक वस्तु, तरकारी खाद्यान्न लगायतका पसलहरु खुलेका छन। मानिसहरु अफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ। तर दिउँसो र साँझको समयमा भने कुनैपनि पसलहरु खलेको देखिदैन। उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...