कैलाली, 2 सेप्टेम्बर, हिम शाह
अछाममा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुँवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुँवरलाई घाँटीमा हसिँया प्र’हार गरी हत्या गरि प्रहरी चौकी ठाँटीमा आत्मसमर्पण गरेको प्रहरिले जनाएको छ ।
आज दिउँसो १२ बजेको समयमा गोठालो गएका बेला घरायसी विवादका कारण हसिँयाले घाँटीमा प्रहार गरि मारेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेश दत्त अवस्थिले बताउनु भयो ।
हत्या गर्ने कुँवर प्रहरीको नियन्त्रणमा रहेको र शवको पोस्टमार्टम गर्ने लगायतको थप अनुसन्धान प्रहरीले सुरु गरिसकेको बताइएको छ ।









































