HomeFeatureकोरोनाबाट आज नेपालमा 6 जनाको मृत्यु, थप १ हजार २ सय २८...

कोरोनाबाट आज नेपालमा 6 जनाको मृत्यु, थप १ हजार २ सय २८ जना संक्रमित

काठमाण्डौ, 3 सेप्टेम्बर

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

आज देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ जना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ ।  प्रदेश नम्बर १ मा ९ सय ९०, प्रदेश नम्बर २ मा ८ सय ५२, बागमती प्रदेशमा ५ हजार ७ सय ६ र गण्डकी प्रदेशमा ६ सय ८० जना संक्रमित संस्थागत आइसोलेसनमा छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ३२, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ९ सय ४३ जना गरी १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय १५, प्रदेश नम्बर २ मा ४ हजार ३ सय, बागमती प्रदेशमा २ हजार ५० र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय २९ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन । आइसियुमा १ सय ४१ जनाको उपचार भइरहेको छ । यस्तै भेन्टिलेटरमा देशभरी १७ जनाको उपचार भइरहेको छ ।

आज डिस्चार्ज ९ सय १७ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ७१, बागमती प्रदेशमा १ हजार ५ सय ९९ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजार ७ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन । आज क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...