HomeFeatureसरकारको पछौटेपनले आन्तरिक हवाई उडानमा अन्यौलताः वायुसेवा सञ्चालक संघ नेपाल

सरकारको पछौटेपनले आन्तरिक हवाई उडानमा अन्यौलताः वायुसेवा सञ्चालक संघ नेपाल

काठमाण्डौ, 3 सेप्टेम्बर

वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ ।  सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाई छ । सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पुरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु भएपनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उहाँले तिव्र असन्तुष्टि जनाउनुभयो । सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर संक्रमण नहुने अवस्थालाई मध्यनजर गर्दै काम गर्न सक्ने अवस्थामा वायु सेवा सञ्चालक भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछौटेपनका कारण उडान खुला हुन नसकेको उहाँको भनाई छ ।

भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन । प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने उहाँले बताउनुभयो ।

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्र र वायु सेवा क्षेत्रका लागि सकारात्मक निर्णय गरेपनि सरकारले अहिलेसम्म वायु सेवा क्षेत्रलाई पर्यटन उद्योगमा राख्ने की यातायातमा राख्ने भन्ने निर्णय समेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लक डाउन गरेको थियो । ४ महिनाको लक डाउन सकिएपनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन । सरकारले केही दिनअघि विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न उद्धार उडान र अन्तर्राष्ट्रिय नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । केही समय छोटो दुरीका यातायात खुलेपनि उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि यातायात सेवा पनि बन्द छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...