HomeFeatureजिल्ला प्रशासन कार्यालयद्वारा ललितपुरमा आज कफ्र्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालयद्वारा ललितपुरमा आज कफ्र्यु आदेश जारी

ललितपुर, 4 सेप्तेम्बर 2020

जिल्ला प्रशासन कार्यालय ललितपुरले कफ्र्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ। कोरोना संक्रमणको जोखिममा भिड-भाड बढेको भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो। ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु आदेश जारी भएको छ। आज विहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो। हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीड-भाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कफ्र्यु आदेश जारी गरेको हो। अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ । त्यहाँ सुरक्षा चेकजाँचमा पनि कडाई गरिएको छ। त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कफ्र्यु आदेश जारी गरिएको हो । ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कफ्र्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...