HomeFeature१४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली काँग्रेसको आन्तरिक विवाद चुलिँदै, आरोप-प्रत्यारोप जारी

१४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली काँग्रेसको आन्तरिक विवाद चुलिँदै, आरोप-प्रत्यारोप जारी

काठमाण्डौ, 7 सेप्टेम्बर

नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफुखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन । महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन । नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गर्नुभयो । उहाँले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबै अंगहरुलाई विस्तार गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेको बताउनुभयो । सभापतिले सर्वसम्मत निर्णय गरौ भनेर दबाव दिएपनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताउनुभयो ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउनुभयो । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उहाँको भनाई छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उहाँले बताउनुभयो ।

सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणवद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठनल विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...