रुपन्देही, 15 सेप्टेम्बर 2020
महाराष्ट्रबाट नेपाल जान लागेका एक नेपालीको सोमबार मृत्यु भएको छ । गुल्मी घर भएका तिलक बहादुर कार्कीको सोमबार विहान सुनौली बोर्डरमा पुगेपछि मृत्यु भएको हो । सुनौली पुलिस थानाका अनुसार तिलक बहादुर कार्की आफ्ना 30 साथीहरुका साथमा बस बुक गरेर सुनौली पुगेका थिए । बसबाट उत्रने बित्तिकै कार्कीको मृत्यु भएको हो । सोमवार विहान बस सुनौली पुगेपछि पार्किंगमा रोकिएको थियो । त्यही क्रममा बसबाट उत्रिएपछि कार्की अचानक लडेर बेहोस भएका थिए । बसका अन्य यात्रुहरुले उनलाई उठाउन खोजेपनि उनको त्यही मृत्यु भएको पुलिसले जनाएको छ । कार्कीको साथबाट बरामद कागजातका आधारमा उनि गुल्मी जिल्लाको कृष्ण गाँउपालिका वार्ड नम्बर 2 का स्थायी बासिन्दा भएको खुल्न आएको छ ।









































