HomeFeatureएओएएनले ५०% यात्रु बोकेर उडान गर्नुपर्ने सरकारको निर्णय नमान्ने, निर्णय व्यवहारिक...

एओएएनले ५०% यात्रु बोकेर उडान गर्नुपर्ने सरकारको निर्णय नमान्ने, निर्णय व्यवहारिक नभएको तर्क

काठमाण्डौ, 17 सेप्टेम्बर

निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ । एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा पूर्ण क्षमतामा यात्रु राखि पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै आफुहरुले उडान सूचारु गर्न सक्ने बताउनुभयो । बिहीबार कुराकानी गर्दै अध्यक्ष थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको पनि स्पस्ट पार्नुभयो । उहाँले ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताउनुभयो। सरकारले कुन आधारमा यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र एयरक्राफ्ट भित्र ५० प्रतिशत यात्रु राख्न भन्यो आफुहरुले बुझ्न नसकेको थापाको भनाई छ।

एयरलाइन्स घाटामा गएपनि भाडादर नबढाइकन उडान गर्न आफुहरु सक्षम रहेको पनि थापाले स्पस्ट पार्नुभयो । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने तर देश भित्रै कम समयका लागि उडान गर्ने एयरक्राफ्टले पूर्ण क्षमतामा यात्रु बोक्न नपाउने सरकारको निर्णय भ्रामक भएको पनि उहाँको भनाई छ । ६० प्रतिशत यात्रु बोकेपछि मात्रै एयरलाइन्सको लागत उठने र ७५ प्रतिशत सम्म यात्रु बोक्न पाए केही नाफा हुन सक्ने भएकाले सरकारले पूर्ण क्षमतामा एयरलाइन्स सञ्चालन गर्न दिनुपर्ने थापाले बताउनुभयो । यस्तो निर्णयले एयरलाइन्स क्षेत्रको विकासका लागि सरकार कत्तिको संवेदनशिल छ भन्ने स्पस्ट भइसकेको पनि क्याप्टेन थापाले बताउनुभयो । आफुहरु अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी उडान गर्न सक्षम भएपनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने उहाँले स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...