HomeFeatureबाढी पहिरोको जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय

बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय

काठमाण्डौ, 17 सेप्टेम्बर

बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद व्यवस्थापन परिषदको बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो। मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक, कालिकोट, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा आज छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो। भूकम्पपछिको पुर्ननिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, सहरी विकास मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...