HomeFeatureअष्ट्रेलियाको तस्मानिया तटमा फसेका 270 व्हेलमध्ये 90 व्हेल मरे, उद्धारमा समस्या

अष्ट्रेलियाको तस्मानिया तटमा फसेका 270 व्हेलमध्ये 90 व्हेल मरे, उद्धारमा समस्या

अष्ट्रेलिया, 22 सेप्टेम्बर

अष्ट्रेलियाको तस्मानिया तटमा फसेका 270 व्हेलमध्ये 90 व्हेल मरेको उद्धारकर्ताहरुले जनाएका छन । व्हेलको ठूलो संख्यामा तटमा फसेको सोमबार थाहा भएको थियो । बाँकी रहेका व्हेलहरुलाई बचाउने प्रयास जारी रहेको छ । अभियानमा केही दिन लाग्ने उद्धारकर्ताहरुले जनाएका छन । उनिहरु कसरी किनारमा आएर फसे भन्ने कारण थाहा हुन सकेको छैन ।

क्षेत्रमा व्हेलहरु किनारसम्म पुग्ने घटना सामान्य भएपनि यति ठूला व्हेल एक दशकपछि किनारमा पुगेर फसेका हुन । यसअघि सन 2009 मा ठूलो संख्यामा व्हेल माछाहरु किनारमा आएर फसेका थिए । त्यतिबेला 2 सय व्हेल माछाहरु किनारमा आएर फसेका थिए ।  तस्मानिया समूद्री संरक्षण अभियानका उद्धारकर्ताहरुले उद्धार कार्य जारी राखेका छन । व्हेलहरु किनारमा पुगेपछि पनि 3 देखि 4 दिनसम्म जिउँदो रहने भएको पछिल्ला उद्धारका क्रममा थाहा भएकाले त्यतिबेला सम्म फसेका व्हेलहरुलाई समूद्रमा फिर्ता पठाउने उद्धारकर्ताले आशा गरेका छन । तर केही व्हेलहरु निकै ठूला भएको र ठूला ठूला छालका कारण उद्धारमा चुनौति रहेको उनिहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...