HomeFeatureआन्तरिक उडान सूचारु हुँदा धनगढीका पर्यटन व्यवसायीहरु उत्साहित

आन्तरिक उडान सूचारु हुँदा धनगढीका पर्यटन व्यवसायीहरु उत्साहित

कैलाली, 22 सेप्टेम्बर 2020

सोमबार देखि आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन। हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका हुन् । हवाई उडान नियमित भएपछि होटल व्यवसाय पुरानै लयमा फर्कने आशामा रहेको व्यवसायीहरु बताउँछन् । त्यस्तै यात्रुहरुले पनि आवागमन सहज भएको बताएका छन् । कोरोना सङ्क्रमण रोकथामका लागी बन्द गरीएको हवाई उडान आन्तरिक रूपमा सुचारु भएपछि सोमबार बुद्ध एयरले काठमाडौं–धनगढी उडान गर्यो । नियमित उडान सूचारु भएपछि धनगढी विमानस्थल हवाई यात्राका लागि आउने मानिसहरु जहाजको पर्खाइमा थिए । हवाई उडान सुचारु भएसँगै बन्दाबन्दीका कारण सडक यातायातमा चर्कोमुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् ।

हवाई यातायात सुरु भए सँगै हुने आवत–जावतले केही राहत मिल्ने भन्दै होटेल व्यवसाय पनि उत्साहित भएकाछन् । गत चैत महिना यता ठप्प रहेका होटलहरुमा यात्रुको आवागमन हुने भन्दै व्यवसायीहरू पनि आन्तरिक तयारीमा छन। यद्यपि अन्तर्राष्ट्रिय नाका नखुले सम्म र गोष्ठी, सेमिनारहरू नभए सम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउनुहुन्छ ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ। आन्तरिक उडान सुरु भए सँगै कोरोना कहरका कारण धराशायी बनेको पर्यटन व्यवसायले अब भने क्रमिक रूपमा गति लिने अपेक्षा भएपनि चुनौति धेरै नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

धनगढी विमानस्थलका प्रमुख तेज बुढाथापाले विमानस्थलमा सबै एयरलाइन्सले उडान सुचारु गर्ने तयारी गरिरहेको बताउनुभयो । एयरलाइन्सहरुले पुरानै भाडा दरमा यात्रु बोकिरहेकाले यात्रुहरुको आवागमनमा सहज हुने पनि उहाँले बताउनुभयो ।

कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा विमान सुचारु भए पछि सक्रमण झन् भयावह बन्ने हो कि भन्ने आशंकामा व्यवसायीहरु अझैपनि छन् । तरपनि चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडानलाई नियमित गर्ने तयारीमा एयरलाइन्सहरु छन् । विमानस्थलले पनि कोभिड-१९ संक्रमण रोकथामका लागि तयार पारेको मापदण्ड पूर्ण रुपमा लागू गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...