HomeFeatureकोभिड-१९ बाट थप २ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ४...

कोभिड-१९ बाट थप २ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ४ सय ४९ पुग्यो

काठमाण्डौ, 22 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेको छ ।

आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आजसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत प्रदेश नम्बर १ मा २ सय ८६, प्रदेश नम्बर २ मा ९ सय ३५, बागमती प्रदेशमा ५ हजार १ सय २७ र गण्डकी प्रदेशमा ७ सय १ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ९५, कर्णाली प्रदेशमा २ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ३ सय ५८ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ४१, प्रदेश नम्बर २ मा ८ सय ८४, बागमती प्रदेशमा ५ हजार ३ सय २० र गण्डकी प्रदेशमा  २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय ७ र सुदूरपश्चिम प्रदेशमा १ सय ९४ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना संक्रमित उपचाररत रहेका छन । आज आइसियुमा देशभरी २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित रहेका छन ।

आज ८ सय २३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६, बागमती प्रदेशमा ११ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना रहेका डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४० गरी देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...