HomeFeatureसरकारलाई संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न नेकपाको आग्रह

सरकारलाई संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न नेकपाको आग्रह

काठमाण्डौ, 22 सेप्टेम्बर 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ। नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानीक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको बताउनुभयो । त्यस्तै संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरेको श्रेष्ठले बताउनुभयो। यसबाहेक पार्टीको साङ्गठनिक एकीकरणका बाँकी काम पुरा गर्न १० दिन भित्र अध्यक्ष द्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरी सचिवालयले टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयको सन्दर्भमा दुई तीन दिन भित्रमा बैठक बसी निर्णय गर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै स्थायी कमिटीको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो । बैठकले पार्टी भित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारको विश्वसनियता अझबढी बनाउने र सरकारलाई अझ सफल बनाउने दिशा तिर अगाडि बढ्ने विश्वास र अपेक्षा पनि बैठकले गरेको श्रेष्ठले बताउनुभयो । बैठकले मन्त्रिमण्डल पुनरगठनको सम्बन्धमा कुनै छलफल नगरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...