HomeFeatureसंसदीय समितिले दिएका निर्देशनहरु जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको भन्दै सासंदहरुद्वारा ध्यानाकर्षण

संसदीय समितिले दिएका निर्देशनहरु जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको भन्दै सासंदहरुद्वारा ध्यानाकर्षण

काठमाण्डौं, 23 सेप्टेम्बर

संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् । समितिले आफ्नो कार्यक्षेत्र अन्तरगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्तरगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भिर समिक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताउनुभयो । उहाँले समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टीङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको बताउनुभयो । मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनैपनि अयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उहाँको भनाई छ । कुनैपनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताउनुभयो । हुम्ला जिल्लामा कोभिडको असर नपरेपनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भिररुपमा निर्देशन दिनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद केदार सिग्देलले कुनैपनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिले सम्म पनि कार्यान्वयन नभएको देखिएको बताउनुभयो । त्यस्तै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिले सम्मपनि कार्यान्वयन नभएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड १९ बाहना बनेको बताउनुभयो । कुनैपनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उहाँले स्पष्ट पार्नुभयो । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्षको चौमासिक सकिनै लाग्दा बजेट कार्यान्वयन के कति भएको छ भन्ने सम्बन्धमा समेत छलफल तथा समिक्षा गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताउनुभयो । यस अघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...