HomeFeatureभारतको जयपुरमा प्रेमीद्वारा एक नेपाली युवतीको हत्या, प्रेमी हिरासतमा, आत्महत्या गरेको प्रेमीको...

भारतको जयपुरमा प्रेमीद्वारा एक नेपाली युवतीको हत्या, प्रेमी हिरासतमा, आत्महत्या गरेको प्रेमीको बयान

जयपुर, 24 सेप्टेम्बर

भारतको राजस्थान  राज्यको जयपुरमा एक नेपाली युवतीलाई प्रेम गरेको सजाय मृत्युको रुपमा मिलेको छ। जयपुरको वरूण पथ मानसरोवर थाना क्षेत्रमा रहने बागलुङ जिल्लाको ताराखोला गाऊँपालिका (साविक तारा गाविस, वार्ड नं ५ घर भएका अमर बहादुर विक (थापा) की छोरी मिना थापालाई उनकै प्रेमि रहेका भारतीय युवक दिपक शर्माले हत्या गरेको परिवारले आरोप लगाएको छ । अहिले दिपक शर्मा पुलिस हिरासतमा छन तर उनले मृतक मिना थापाले आत्महत्या गरेको बताइरहेका छन ।

 

मृतक मिना थापा र जयपुरकै दिपक शर्मा पछिल्लो 4 वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । स्नाकोत्तर अध्ययन पुरा गरेकी मिना र दिपकले एउटै कम्पनीका लागि मार्केटिङको काम गर्दथे । प्रेमलाई विवाहमा परिणत गर्न भन्दै मिनाले दवाब दिएपछि घटनाको करिब एक हप्ता अगाडी दिपक मिनाको घरमा आएर उनको बुवा अमर बहादुर थापासँग विवाहको कुरा पनि गरेको बुझिएको छ । तर मिनाका बुवा अमरले भने तिम्रो हाम्रो समाज फरक भएकाले पछि कोर्ट म्यारिज र मन्दिरमा विवाह गराउन सक्ने बताएका थिए । र दिपक घर फर्किएका थिए । यस क्रममा मिनालाई दिपक शर्मा पहिलेनै विवाहित रहेको पनि थाहा हुन आएको बुझिएको छ ।

त्यसको ठ्याक्कै एक हप्तापछि अर्थात 20 सेप्टेम्बरका दिन घरबाट लाईब्रेरी जान्छु भन्दै घरबाट निस्केकी मिना थापाको हत्या भएको परिवारले आरोप लगाएको छ । उनको हत्या गर्ने अरु कोही नभएर सोही दिपक शर्मा रहेको परिवारको भनाई छ । दिपक शर्माले भने पुलिसलाई मिनाले आत्महत्या गरेको बयान दिएका छन ।

अर्कोतर्फ घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कडा कारवाहीको माग गरिरहेको श्रीपशुपतिनाथ वेलफेयर सेवा समितिका संस्थापक नविन बहादुर अछामीले मिना थापाले आत्महत्या गरेको जानकारी दिपक शर्माले दिएको र घरबाट निस्किएकी मिनाले दिपकको घरमा गएर आत्महत्या गर्नु शंकास्पद भएको भन्दै कडा कारवाहीको माग गर्नु भएको छ ।

पुलिसले अभियुक्त दिपकलाई हिरासतमा लिएर अनुसन्धान शुरु गरेको छ । शवको पोस्टमार्टम भइसकेपछि धेरै कुरा स्पष्ट हुने पुलिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...