HomeFeatureकोभिड-१९ बाट थप २ जनाको मृत्यु, यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको...

कोभिड-१९ बाट थप २ जनाको मृत्यु, यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ८१ पुग्यो

काठमाण्डौ, 28 सेप्टेम्बर 2020

आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको  छ। यस्तै बाँकेमा ४७ वर्षिय र गुल्मीमा ३४ वर्षिय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ४० जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ।  आज देशभरी सक्रिय संक्रमित १९ हजार ६ सय २४ जना रहेका छन । देशभरीका संस्थागत आइसोलेसनमा आजसम्म प्रदेश नम्बर १ मा १ सय ९०, प्रदेश नम्बर २ मा ९ सय २६, बागमती प्रदेशमा ५ हजार ७ सय २ र गण्डकी प्रदेशमा ४ सय १९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७२, कर्णाली प्रदेशमा ३ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ५ सय २४ गरी देशभरी ८ हजार ६ सय ९५ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ३४, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ६ हजार ३ सय ४९ र गण्डकी प्रदेशमा ४ सय ८९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४१, कर्णाली प्रदेशमा २ सय ४२ र १ सय ४९ गरी देशभरी १० हजार ९ सय २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन ।

आज ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार २६, प्रदेश नम्बर २ मा १३ हजार १ सय ७६, बागमती प्रदेशमा १५ हजार २ सय १५ र गण्डकी प्रदेशमा ३ हजार २ सय ८५ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ६७, कर्णाली प्रदेशमा २ हजार ८ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय १६ गरी देशभरी ५४ हजार ६ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...