HomeFeatureकोरोना संक्रमणबाट सतर्कता अपनाउन सरकारको आग्रह,यस्ता छन अरु निर्णयहरु

कोरोना संक्रमणबाट सतर्कता अपनाउन सरकारको आग्रह,यस्ता छन अरु निर्णयहरु

काठमाण्डौ, 28 सेप्टेम्बर 2020

सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाएइको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नरहेको बताउनुभयो । उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढीरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कोरोना महामारी रोकिएको छैन । युरोपेली देशहरुमा दोस्रो वेव समेत सामना गर्नुपरेको छ । नेपालमा संक्रमण बढीरहेको छ । कुन विन्दुमा पुगेर ओरालो लाग्छ । नियन्त्रणमा जानछ भनेर अनुमान गर्न सकिने अवस्था छैन । जोखिम कम भएर होइन। जीवन र जीविकाको विचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको हो । यो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ । सबैको साथ र सहयोगको जरुरत रहेको छ ।’’

यस्तै सरकारले मापदण्ड विपरित पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उहाँले अग्रह गर्नुभयो । पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न उहाँले आग्रह गर्नुभएको हो ।

यस्तै सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यी वर्ता टोली गठन गरेको छ । यस्तै एसियाली विकास बैंकबाट प्राप्त हुने १८ अर्ब ऋण सहायताका लागि पनि वार्ता गर्न टाली गठन गरिएको छ ।

सरकारले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत बेलायत सरकारबाट सहयोग गर्ने साढे ३ अर्ब बढीको आर्थिक सहयोग लिने निर्णण पनि गरेको छ । नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत तेस्रो फेजका लागि बेलायतले गर्ने ३ अर्ब ५३ करोड बराबरको आर्थिक र प्राविविधक सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो । यस्तै विश्व वातावरण सुविधा, युएनडिपीबाट प्राप्त हुने सहायत रकम १ अर्ब ७५ करोड पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

सरकारले सशस्त्र प्रहरी बलको गोताखोरका लागि उद्धारमा खटिएको दिन प्रतिदिन ३ सयका दरले प्रोत्साहन भत्ता र १० लाख सम्मको विशेष विमाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । कञ्चनपुरको बेदकोटमा भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा समस्या समाधानका लागि गठन आदेश २०७७ आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । वास्तविका जग्गा धनिले जग्गा नपाउने र यताको जग्गा उता, उताको जग्गा यता हुने भएकाले समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

सातवटै प्रदेशमा कृषिका लागि विशेष केन्द्रहरु स्थापना गर्न इजरायल सरकारसँग सम्झौता गर्न राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।

उस्तै नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक डा दिपक कुमारी भण्डारी नियुक्त गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

यसैगरी नेपाल बाल संगठन नक्सालको परिसरमा रहेको आदर्श आधारभूत विद्यालय र केन्द्रिय बहिरा उच्च विद्यालयलाई अन्य स्थापना स्थानान्तरण गर्दै बालबालिकाको आवास लगायतका काम गर्ने निर्णय पनि गरेको छ । उपयुक्त आवास भवन मर्मत सम्भार र नयाँ संरचना निर्माण गरी सुरक्षित आवासको व्यवस्था मिलाउन अर्थमन्त्रालय तत्काल १ करोड ५० लाख अनुदान दिने व्यवस्था मिलाउने निर्णय पनि भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बाल संगठनको स्वामित्वमा रहेको जग्गाको विकास र अन्य विकासको गुरुयोजनाका लागि बाल संगठनले काम गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...