नयाँ दिल्ली, 20 अक्टोबर
प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गएको भएपनि भाईरस नगएको बताउनु भएको छ । मंगलवार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीपछि मानिसहरु जीवनयापनका लागि घरबाट निस्किन थालेको र अहिले चाड पर्वको बेलामा बजारहरुमा रौनक बढेको भएपनि कोरोना महमारीको ख्याल राख्न आग्रह गर्नुभएको हो। पछिल्लो 7-8 महिनामा प्रत्येक भारतीयको प्रयासले भारत आज सम्हालिएको भन्दै यसलाई यथावत राख्न आग्रह गर्नुभयो । मोदीले भारतमा आज निको हुने दर राम्रो भएको र मृत्यु दर कम भएको समेत बताउनुभयो । उहाँले वैश्विक स्तरमा भारतमा कोरोनाको मारको तुलना गर्दै अमेरिका, ब्रिटेन लगायतको देशभन्दा भारतमा स्थिति राम्रो रहेको बताउनु भयो । अहिले कयौं मानिसहरुले कोरोना महामारीका बचाउ र सावधानीका उपायहरु अपनाउन छोडेको भन्दै मोदीले कोरोनाको खोप नबनेसम्म सबैले कोरोनाविरुद्धको लडाईलाई कमजोर हुन नदिन आग्रह गर्नुभयो । मानवतालाई बचाउन युद्धस्तरमा पुरै विश्वमा काम भइरहेको भन्दै उहाँले खोप नबनेसम्म लापरवाही नगर्न सबैमा अपील गर्नुभयो ।









































