HomeFeatureहज समितिमा भएको आर्थिक अनियमितता बारे गृह मन्त्रालयमा उजुरी दर्ता

हज समितिमा भएको आर्थिक अनियमितता बारे गृह मन्त्रालयमा उजुरी दर्ता

काठमाण्डौ, 25 नोवेम्बर 2020

हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन। गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका छन। मुस्लिम आयोगमा पुगेका सदस्यहरुले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन। हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताउनुभयो। अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन। हाजीहरु बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रा लगायतमा अनियमितता भएको उनीहरुको भनाई छ। हज यात्रामा जानेहरुबाट अध्यक्ष मियाँले प्रति दिन १२ रियाल बढी रकम लिएको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन ।

हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन । उनीहरुले अध्यक्ष मियालाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...