HomeFeatureसंबैधानिक आयोगका पदाधिकारी नियुक्तीमा भएको ढिलाईमा सरकारमात्रै दोषी नभएको परराष्ट्रमन्त्रीको दावी

संबैधानिक आयोगका पदाधिकारी नियुक्तीमा भएको ढिलाईमा सरकारमात्रै दोषी नभएको परराष्ट्रमन्त्रीको दावी

काठमाण्डौ, 26 नोभेम्बर 2020

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संबैधानिक आयोगका पदाधिकारी नियुक्तीमा भएको ढिलाईमा सरकार मात्रै दोषी नभएको दाबी गर्नुभएको छ । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको विहिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा उपस्थित मन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले पदाधिकारी नियुक्तको सिफारिस गर्ने संबैधानिक परिषद्को बैठक पटक पटक कोरम पुग्न नसकेका कारण बस्न नसकेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पारौ भन्ने दृष्टिले हेर्न नहुने बताउनुभयो । उहाँले समावेशी ढंगले नियुक्ती गर्ने विषयमा सरकार प्रतिवद्ध र संविधानले गरेको व्यवस्थाप्रति अबिचलित रहेको उल्लेख गर्नुभयो । एकीकृत समावेशी ऐन बनाउने सवालमा सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले उपसभामुख सत्तारुढ दलको नहुने र प्रतिपक्षी दलबाट हुनुपर्ने संबैधानिक व्यवस्था भएकाले प्रतिपक्षीदलबाट पहल हुनुपर्ने उल्लेख गर्नुभयो ।

समिति बैठकमा उपस्थित अधिकांश सदस्यले संबैधानिक निकायमा अविलम्ब नियुक्ति गर्न तथा नियुक्तिहरुलाई समानुपातिक समावेशी गर्न माग गरेका थिए । समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले ३ बर्ष सम्म पनि संबैधानिक आयोगका पदाधिकारीहरु नियुक्त हुन नसक्दा प्रधानमन्त्रीकै कार्यक्षमतामाथि प्रश्न चिन्ह खडा गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा बैठकमा सहभागी परराष्ट्रमन्त्रीको भनाईको पनि खण्डन गर्नुभयो । उहाँले भन्नुभयो “परराष्ट्रमन्त्रीको भनाईमा मुलुकमै केही समस्या छैन कि जस्तो ढंगले आएको छ । तर मुलुकको परिस्थिति त्यस्तो छैन । हालै ट्रान्सपरेन्सीको प्रतिवेदनले धक्का दिएको छ । सरकारको मात्रै अयोग्यता नभई पद्धतिकै अयोग्यता हो कि भन्ने प्रश्न उठाएको छ । ४० प्रतिशत बढी  आयोगका पदाधिकारी खाली रहेको अवस्था छ । ३ बर्ष सम्म खाली राख्नुले प्रधानमन्त्रीको  कार्यदक्षता माथि नै प्रश्न चिन्ह खडा गरेको छ । ”

नियुक्ती भएर आएकाले पनि समाजलाई उत्साहित गर्न नसकेको भन्दै उहाँले नियुक्ति गर्ने व्यक्तिको रोस्टर बनाएर सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो । अर्का सदस्य पुष्पा भुसाल गौतमले संबैधानिक नियुक्तिहरु समावेशी समानुपातिक गरिनेछ भनी संविधानको प्रस्तावनामा नै लेखिएको स्मरण गराउदै सरकारले संविधानमा लेखेको कुरालाई किन पालना गरिरहेको छैन ? भनी प्रश्न गर्नुभयो । त्यसैगरी समिति सदस्य जितेन्द्र नारायण देवले समावेशी विधेयक संसदमा ल्याउन माग गर्नुभयो ।

त्यसैगरी भिमसेनदास प्रधानले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी राजेन्द्र श्रेष्ठले नियुक्तिलाई समानुपातिक समावेशी गराउन माग गर्नुभयो । समिति सदस्य देव गरुङले कानून अभावमा एक दुई जना मात्रै राख्दा पनि समावेशी भयो भनेर व्याख्या हुने गरेको उल्लेख गर्दे समानपातिक समावेशी विधेयक नै ल्याउन आवश्यक रहेको बताउनुभयो । समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संबैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न विहिबार प्रधानमन्त्रीलाई बोलाएको भएपछि उहाँको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवाली बैठकमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...