HomeFeatureप्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्रीलाई सन्देश, सीमा समस्या वार्ताबाट समाधान होस

प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्रीलाई सन्देश, सीमा समस्या वार्ताबाट समाधान होस

काठमाण्डौ,27 नोवेम्बर 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाउनुभएको छ। दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गला मार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाउनुभएको हो। हिजो साँझ बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवाद लगायत नेपाल भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाउनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो। भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरुलाई  वार्ताको माध्यमबाट सामान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले आफुहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभयो, ‘‘भारतीय विदेश सचिवले हाम्रा समस्याहरुलाई वार्ता द्धारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको कुरा बताउनुभयो। त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामीपनि नेपाल भारत सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौं । नयाँ उचाईमा पुर्याउन चाहन्छौं । त्यसका लागि हामीले हामीसित रहेका केही समस्याहरु छन तिनिहरुको समस्या संवादको माध्यमबाट गर्नुपर्छ सीमा लगायतका सबै विषयहरुलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौं त्यो हल गरेर नै हामीले समस्याहरुलाई थाति राखेर होइन तिनिहरुको समाधान गर्दै अगाडि जाँदा नै नेपाल भारत सम्बन्धले नयाँ उचाई प्राप्त गर्दछ ।’’

प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरुले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताउनुभयो। नेपाल सुरुबाट नै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘हामी सुरु देखि वार्ताको पक्षमा रहेका छौं र अहिले पनि हाम्रो मान्यता वार्ताको माध्यमबाट हाम्रा समस्या समाधान गरौं यद्दपी यी समस्याहरु हामी सरकारमा आइसकेपछि उत्पन्न भएका समस्यहरु होइनन् ।’’

डा. भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘‘इतिहासको विभिन्न कालखण्डामा उब्जिएका समस्याहरु तिनिहरुको समाधान अहिले हामीले गरेर जान सक्दाखेरी म पनि र भारतीय प्रधानमन्त्री मोदि जि पनि नेपाल भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिवद्धता मान्यताबाट अगाडि निर्देशित छ । र त्यही मान्यतामा हामी सहमत छौं । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौं ।’’

वार्ताका लागि विभिन्न संयन्त्रहरु निर्माण भएपनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उहाँले बताउनुभयो। परराष्ट्रमन्त्रीस्तरिय बैठकको मिति टुंगिएपछि बैठक बस्ने कुरा तय भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...