HomeFeatureभारतीय विदेश सचिवको भ्रमण सकारात्मक, भ्रमणले दुई देशबीचको संवादहिनता तोड्यो

भारतीय विदेश सचिवको भ्रमण सकारात्मक, भ्रमणले दुई देशबीचको संवादहिनता तोड्यो

काठमाण्डौ,27 नोवेम्बर 2020

पूर्व परराष्ट्रसचिव प्रधुम्नविक्रम शाहले भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहिनता तोडेको बताउनुभएको छ । दुईदिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएका श्रृङ्गलाको नेपाल भ्रमणले नेपाल भारतबीच विगत एक वर्षदेखिको संवादहिनता तोडेको उहाँले बताउनुभयो । दक्षिण एसियाको महाशक्तिका रुपमा उदाइरहेको भारतलाई नेपाल लगायत छिमेकीहरुसँग चिसिएको सम्बन्धले फाइदा पनि नगर्ने उहाँले बताउनुभयो । श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्ध सुमधुर मात्रै नभएर भारतको आन्तरिक जीवनमा पनि यसले ठूलो भूमिका खेल्ने उहाँले बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘यसले बलरोल हुन थालेको छ । दुई पक्षिय वार्ता नभएर संवादहिनताको अवस्थालाई यसले चिरेको छ । भारतको चाहानापनि छिमेकी राष्ट्रहरुसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो । आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरम भारतको ‘क्रिटिसिजम’ नै हुन्छ । त्यसैले पनि भारतले नेपाल लगायत माल्दिभ्स, भुटान र बंगलादेश लगायतका देशहरुसँग सम्बन्ध विकास गरिरहेको छ ।

पूर्व परराष्ट्रसचिव शाहले परराष्ट्रमन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताउनुभयो । इपिजीले तयार पारेको प्रतिवेदनमाथि पुनः दुबै पक्षले छलफल गरी अन्तिम रुप दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । नेपालको तराई क्षेत्रमा वर्षेनी डेढ दर्जनभन्दा बढी क्षेत्रमा डुबानको समस्या रहेको उल्लेख गर्दै उहाँले त्यो समस्या समाधान गर्दै नेपाल भारतको बढ्दो व्यापारघाटाको विषयमा पनि नीति परिवर्तनको मुद्दा उठाउनुपर्ने बताउनुभयो । उहाँले रक्सौल—काठमाडौं र पूर्व—पश्चिम रेल तथा हुलाकी राजमार्ग लगायतका एजेण्डा राख्नुपर्ने पनि बताउनुभयो ।

बिहीबार नेपाल आउनुभएका भारतीय विदेशसचिव श्रृगला शुक्रबारै फर्किनुभएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...