नयाँ दिल्ली,27 नोवेम्बर 2020
भारतको मुम्बईबाट अचानक मानसिक सन्तुलन गुमाएपछि कैलालीको मोहन्याल गाँउपालिका वडा नम्बर 7 बढिगाँउका एक 45 वर्षीय युवक कर्ण प्रसाद जैसी सम्पर्कविहीन भएका छन । एक-दुइदिन पहिले मात्र मानसिक सन्तुलन गुमाएका 45 वर्षीय कर्ण प्रसाद जैसी, मुम्बईको भइन्दरस्थित गितानगरबाट 26 नोभेम्बर बिहीवार विहान 5 बजे कोठाबाट हिँडेका हुन । मानसिक सन्तुलन गुमाएपछि कोठामा रहेका उनका छोरा र दाईले उनको रातभरि निगरानी गरिरहेको भएपनि विहान पख निदाएका बेला कोठाबाट नस्किएको भनिएको छ । मान्छेलाई चिन्न समेत छोडेका बुवा यसरी अचानक बेपत्ता भएपछि मुम्बईमा रहेका छोरा रवि जैसी र सप जैसी लगायत उनका आफन्तहरु चिन्तित भएका छन । बेपत्ता भएका कर्ण प्रसाद जैसी रोजगारीका लागि भर्खरै मात्र नेपालबाट आएका थिए ।

कर्ण प्रसाद जैसीले पुगेको केही दिनमै मानसिक सन्तुलन गुमाएपछि अनौठो व्यवहार गरिरहेका थिए । त्यसैले पनि मुम्बईमै रहेका उनका छोरा र दाईले विशेष निगरानी गरिरहेका थिए । रातभरि उठेर उनको ख्याल राखेपनि विहान 5 बजे छोरा र दाई सुतेको मौका छोपेर घरबाट हिँडेका हुन । तस्वीरमा देखिएका करिब 45 वर्षका कर्ण प्रसाद जैसीलाई तपाईले आफ्नो वरपर देखेको खण्डमा आफन्तहरुलाई 72-06-12-77-05 वा 9262234163 वा 88-88-33-01-46 मा जानकारी दिन आग्रह गर्दछौं ।









































