काठमाण्डौ, 4 डिसेम्बर 2020
भारतको गोवामा एक नेपालीको शंकास्पद निधन भएको छ । रोजगारीको सिलसिलामा गोवामा रहेका दाङ बबई गाउपालिका वाड नं 4 सुन्दरखाल 34 वर्षीय वासिन्दा कविराज नेपाली बिहीवार विहान मृत भेटिएका हुन । उनको पोस्टमार्टमपछि आज अन्तिम संस्कार गरिएको छ । प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय सचिव लोकेन्द्र श्रीपालीका अनुसार उनि सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । उनको आज गोवा मेडिकल कलेजमा पोस्टमार्टम गरिएको उनका जेठान हेमराज बीसीले बताएका छन । मृतक कविराज परिवारसहित विगत तीन वर्षदेखि गोवा कलङ्गुड स्थित गार्डन सोसाइटीमा काम गर्दै आइरहेका थिए । उनको पत्नीसहित दुई छोरा र एक छोरी छन् ।
उनको निधनपछि गोवामा रहने नेपालीहरुले 18 हजार नगद संकलन गरि मृतकका परिवारलाई बुझाएका छन ।









































