HomeFeature45 वर्षदेखि हराएका एक नेपाली भारतमा फेला, घर पुगेपछि श्रीमति, छोराछोरीको खुशीको...

45 वर्षदेखि हराएका एक नेपाली भारतमा फेला, घर पुगेपछि श्रीमति, छोराछोरीको खुशीको सीमा रहेन

हिमाचल प्रदेश, 4 डिसेम्बर 2020

रोजगारीका लागि भारत पस्ने कयौं नेपालीहरु विविध कारणले गर्दा भारतमै सम्पर्कविहीन हुन पुग्छन । त्यसमध्ये कयौं भेटाइन्छन भने कयौं नेपालीहरु वर्षौसम्म पनि परिवारबाट टाढै रहन्छन । तर आज हामी यस्तो घटना लिएर आएका छौ, जो कमाउनका लागि भारत त आए तर सोझोपनले पैसा कमाउन नसकेपछि 45 वर्षसम्म घरनै फर्कन पाएनन । तर यतिका वर्षपछि अहिले उनि नेपाली समाजसेवीको सम्पर्कमा आउँदा घर फर्किन पाएका छन ।

मकवानपुरको कालिकाटार कैलाश गाँउपालिका वडा नम्बर 10 का देवान सिंह नेगी 45 वर्षअघि पैसा कमाउन भारत आएका थिए । उनि लेह लद्धाकमा काम गर्दै ज्यान पालिरहेका थिए । युवा अवस्थामा काम गर्न आएका भएपनि उनि अहिले 70 वर्षको वृद्ध भइसकेका छन । उनले बताए अनुसार उनि काम गर्न आएका थिए । तर कतिपयले काममा मात्रै लगाउने पैसा नदिने गरेका कारण पैसानै जम्मा गर्न नसकेपछि घरनै जान नपाएको बताएका छन । कोभिड महामारीकै क्रममा उनलाई कसैले गाडीमा हिमाचल प्रदेशको मनाली पुऱ्याइदिएपछि त्यहा रहेका नेपालीहरुले सहयोग गरेर नेपाल पठाएका छन । उनिहरुले मकवानपुरको कैलाश गाँउपालिकामा सम्पर्क गरि उनको परिवारको खोजी गरि गड्डाचौकी नाकासम्म गाडीको व्यवस्था गरि पठाएका हुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कूल्लू मनालीले दिएको जानकारीका अनुसार उनको परिवारको खोजी गरेपछि नेपाली ड्राइभर वेलफेयर सोसाईटी मनालीले देवान सिंहलाई गड्डाचौकीसम्म पुऱ्याएको थियो । त्यहाबाट उनलाई उनका नातिहरुले घर लिएर गएका थिए ।

उनी यतिका वर्षपछि भेटाइएपछि परिवार मात्र होईन पुरै गाँउका वासिन्दाहरु खुशी भएका छन । यतिका वर्षसम्म आशै छोडिसकेकाले उनलाई यसरी भेटदा खुशी भएका हुन । उनको परिवारमा उनकी पत्नीसहित छोराछोरी र नातिनतिना पनि रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...