HomeFeatureसगरमाथाको उचाई बढ्यो, अब नयाँ उचाई ८,८४८.८६ मिटर भयो

सगरमाथाको उचाई बढ्यो, अब नयाँ उचाई ८,८४८.८६ मिटर भयो

काठमाण्डौ, 8 डिसेम्बर 2020

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ। मंगलबार काठमाडौं स्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एकपटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाई मापन गरेका थिए । यस्तै चीनले पनि छुट्टै मापन गरेको थियो । दुवै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको भएपनि फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क नापी विभागले प्रशोधन गरेपछि नयाँ उचाई पत्ता लागेको हो।

यस अघि सन १९९४मा सर्वे आफ इन्डियाले नापेको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको थियो । तर विवाद देखिएपछि सन २०१० मा नेपाल र चीनबीच ८ हजार ८ सय ४८ मिटरलाई नै मान्यता दिने समझदारी भएको थियो । यसपटक सगरमाथाको उचाईको नापी सकिएपछि यही मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयाई नयाँ उचाई सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...