HomeFeatureजंगली जनावरबाट आतंकित बर्दियाका कृषकहरु बेसारको व्यवसायीक खेतिमा आकर्षित

जंगली जनावरबाट आतंकित बर्दियाका कृषकहरु बेसारको व्यवसायीक खेतिमा आकर्षित

बर्दिया, 10 डिसेम्बर 2020

जंगली जनावरले धानबाली नष्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित भएका छन । उत्पादन भएको धान जनावरले नष्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेती शुरु गरेका हुन।

मधुवन नगरपालिकाको बेसार खेती पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वर्ल्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेती शुरु गरेका हुन। दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक सशक्तिकरणका लागि सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेती गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले करिब १४ विघा जमिनमा बेसार खेती गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जनावरले क्षति पुऱ्याएपछि किसानहरु बेसार खेतीमा आकर्षित भएका हुन् ।

सामूहिक रुपमा बेसार खेती गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतीलाई पहिलो प्रथमिकता दिएर अगाडी नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताउनुभयो। नगरपालिकाले बेसार खेतीमा किसानहरुलाई प्रोत्सहित गर्न बिउ समेत उपलब्ध गारएको छ ।

बेसार खेती शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतीतर्फ आकर्षित गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...