गुजरात, 10 डिसेम्बर 2020
गुजरातको राजकोटमा निधन भएका शिम्ता गाउँपालिका सुर्खेतका भिम बहादुर चन्दको शवलाई नेपाल फिर्ता पठाइएको छ । नेपाली सेवा समाज राजकोटले आज भिम बहादुर चन्दको शवलाई नेपाल फिर्ता पठाएको हो । नेपाली सेवा समाज राजकोटका अध्यक्ष करन बिकका अनुसार मृगौला र फोक्सोको समस्याले ग्रसित भिम बहादुर चन्दको आजनै उपचारका क्रममा अस्पतालमा निधन भएको थियो। समाजको टिमले घटनाको जानकारी पाएपछि घटनास्थल पुगेर शवलाई नेपाल पठाउने सम्पूर्ण व्यवस्थापन गरेको बिकले बताउनुभयो ।
समाजले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै नेपालमा रहेको मृतकका परिवारलाई 15 हजार रुपैयाँ आर्थिक सहयोग पनि पठाएको छ । नेपाली सेवा समाजले राजकोटमा नेपालीलाई पर्ने समस्यामा सहयोग गर्दै आएको छ ।









































