HomeFeatureगुजरातको सुरतमा एक नेपालीका 3 छोरा-छोरीको एकैदिन पानी डुबेर मृत्यु, एकको जिवितै...

गुजरातको सुरतमा एक नेपालीका 3 छोरा-छोरीको एकैदिन पानी डुबेर मृत्यु, एकको जिवितै उद्धार

गुजरात, भीम राजपूत, 10 डिसेम्बर 2020

भारतको गुजरातमा एक नेपालीका 3 छोराछोरीको एकैदिन पानी डुबेर मृत्यु भएको छ । एकै पटक घरका तीन छोरा-छोरी गुमाउँदा पुरै परिवार शोकमा डुबेको छ । गुजरातको सुरतमा बुधवार घरबाट नुहाउन नदिमा गएकाबेला उनिहरुको मृत्यु भएको हो । उनिहरुसँगै नुहाउन गएकी एक 3 वर्षीय बालिकालाई भने सकुशल उद्धार गरिएको छ । रोजगारीका क्रमममा गुजरातको सुरतमा रहेका अछामका बन्टी विश्वकर्माका 10 वर्षकी छोरी सुनिता, 8 वर्षका छोरा प्रदीपको मृत्यु भएको छ भने एक 6 वर्षीया बालिका प्रियंका भने अझै बेपत्ता रहेकी छन । उनको खोजीकार्य जारी रहेको छ । शव भेटिएका 2 बालबालिकाहरुको आज अन्तिम संस्कार गरिएको छ ।

जानकारीका अनुसार बन्टी विश्वकर्मा पार्लेपोइन्ट सुरतको सरगम शपिङ पछाडी सुन्दरम अपार्टमेन्टमा चौकिदारीको काम गर्दै परिवारका साथमा त्यही बस्दै आएका थिए । उनका 1 छोरा र 3 छोरीहरु बुधवार दिउँसो सुरतकै अम्बाजी मन्दिर पछाडी तापी नदीमा नुहाउन गएका थिए । त्यही क्रममा चारै जना पानीमा डुबेका हुन । उनिहरु मध्ये एक छोरी र एक छोराको शव भेटिएपछि आज अन्तिम संस्कार गरिएको छ । एक छोरीको शव अझै भेटिएको छैन । केही नेपाली सामाजिक कार्यकर्ताहरुले खोजी कार्यमा सहयोग गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...