गोवा, 17 डिसेम्बर, लोकेन्द्र श्रीपाली
भारतको गोवामा मृत फेला परेका एक नेपालीको परिचय खुल्न सकेको छैन । आधार कार्डमा बिमल खड्का नाम भेटिए पनि उनको नेपाल स्थायी ठेगाना र आफन्तहरु फेला नपरेकाले उनको सनाखत हुन सकेको छैन । गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी गराए अनुसार उनको मृत्यु गत 4 डिसेम्बरका दिन भएको थियो । तर उनको मृत्युको कारण पनि खुल्न सकेको छैन । उनको पहिचान हुन नसक्दा करिब 2 हप्तादेखि उनको शवलाई गोवा मेडिकल कलेजमा राखिएको छ । प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार रमेश खड्काले जानकारी गराए अनुसार अहिलेसम्म मृतकका कुनै पनि आफन्तहरु सम्पर्कमा आएका छैनन । नेपालबाट आउने नेपालीहरुले आधार कार्डमा हाल बसिरहेको भारतकै ठेगाना लेखाउने भएकाले पनि मृत भेटिएका बिमल खड्काको नेपाल घर थाहा हुन सकेको छैन । तपाईहरुले भिडियोमा देखिएका मृतकलाई चिन्नु भएको छ भने नेपाली समाजका अध्यक्ष प्रकाश थापा वा प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार रमेश खड्कालाई तल दिइएको मोबाइल नम्बरहरुमा सम्पर्क गर्न आग्रह गर्दछौं ।
मृतकलाई चिन्नु भएको छ भने, प्रकाश थापालाई +91-9890277817 र रमेश खड्कालाई +91-7972378723 मा सम्पर्क गर्नु होला ।









































