सिरहामा चिसोका कारण तीन जनाको मृत्यु भएको छ । एक सातामा चिसोका कारण सिरहामा मात्रै चार जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारी अनुसार बरियारपट्टी गाउँपालिका–५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र एक ठेगाना व्यक्तिको चिसोका कारण मृत्यु भएको हो ।
सो अवधिमा चिसो छल्न बालिएको आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।









































