HomeFeatureनेपाल-भारत सीमा बन्दका कारण दुवै देशका नागरिक समस्यामा, भारतका व्यपारीहरुलाई नेपाली ग्राहकहरुको...

नेपाल-भारत सीमा बन्दका कारण दुवै देशका नागरिक समस्यामा, भारतका व्यपारीहरुलाई नेपाली ग्राहकहरुको आश

नयाँ दिल्ली, 18 डिसेम्बर 2020

कोरोना महामारीका कारण बन्द रहेको नेपाल-भारत सीमा अझै बन्द रहने भएपछि नेपाल भारत दुवैतर्फका नागरिक थप चिन्तित बनेका छन । यसअघि नेपाल सरकारले 17 डिसेम्बर 2020 अर्थात गए बिहीवारसम्म नेपाल भारत सीमा बन्द रहने निर्णय गरेको थियो । त्यसपछि दुवैतर्फका नागरिकहरुले 17 डिसेम्बरपछि सीमा खुल्ला हुने अनुमान गरेका थिए । तर सीमा खुल्ला हुने कुनै औपचारिक निर्णय नआएपछि दुवै तर्फका नागरिकहरु चिन्तित भएका छन ।

कोरोना महामारीका कारण लामो समय सीमा बन्द रहेपछि सीमा नजिक रहने दुवै तर्फका नागरिकहरु समस्यामा परेका छन । नेपाल भारत सीमा नजिक रहने नेपाली र भारतीय नागरिकहरु जीवनयापनका लागि एक अर्कामा निर्भर रहन्छन । दुवै देशका नागरिकहरुले सीमा खुल्ला गर्न माग गर्दै भारतीय र नेपाली दूतावाससँग गुहार लगाईसकेका छन । तर यस विषयमा सार्थक निर्णय हुन सकेको छैन । कोरोना महामारीका कारण भारत-नेपाल सीमामा आवत-जावत प्रतिबन्ध कायम रहेको छ । गत नोभेम्बर महिनामा नेपाल सरकारले 17 डिसेम्बरसम्म सीमा बन्द राख्ने निर्णय गरेको थियो । केही दिन अघिमात्रै नेपाल सरकारका तर्फबाट सूचना जारी गरि महामारीको खतरा कायम रहेकाले सीमा बन्द यथावत रहने भनिएको छ । यस्तो निर्णयपछि दुवैतर्फका सीमावर्ती क्षेत्र र गाँउमा बस्ने नागरिकहरुलाई कठिनाईको सामना गर्नु परेको छ । नेपाल भारतबिच खुल्ला सीमा भएपनि अहिलेको महामारीले बार हालिदिएको छ । यद्धपी कयौं नाकामा ठूला वाहनहरुको आवतजावतमा भने छूट छ । तर दैनिक उपभोग्य वस्तु खरिदका लागि भने भारत-नेपाल आउन जान नपाइएको सीमावर्तीका स्थानियहरु भन्छन । नेपाली नागरिकहरु दैनिक उपभोग्य वस्तु खरिदका लागि सीमावर्ती भारतीय बाजारमा निर्भर रहन्छन । भारतका नागरिक पनि मर-मसाला, इलेक्ट्रोनिक सामान खरिदका लागि नेपाल जाने गर्दछन । तर अहिले महामारीका कारण सीमा बन्द रहेकाले सीमा पारी व्यापार गर्ने भारतीय व्यपारीहरु मारमा परेका छन । सीमामा निकै कम ओहोर-दोहोर भइरहेकाले भारतीय व्यापारीहरु मारमा परेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...